महेन्द्रनगर, २७ भदौ । कञ्चनपुरको सीएमजी क्लबले कुशे औसी तथा बाबुको मुख हेर्ने दिनको अवसर पारेर महिला तथा बृद्ध सेवा केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित होटल ओपेरामा क्यासिनो सञ्चालन गर्दै आइरहेको सीएमजीले आइतबार खाद्यान्न वितरणसँगै केन्द्रमा बस्दै आएका बृद्धबृद्धाहरुलाई सामुहिक भोजन समेत गराएको छ ।

क्लवले सेवा केन्द्रमा आश्रित रहेका बृद्धबृद्धा, हिंसापीडित महिला तथा बालबालिकाहरुको भरपोषणका लागि भन्दै खाद्यान्न सामग्री उपलब्ध गराएको क्लवका म्यानेजर हिमाल श्रेष्ठले जानकारी दिनुभयो । क्लवले महिला तथा बृद्ध सेवा केन्द्रमा ५ सय किलो चामल, ५० किलो दाल, ५० किलो आलु, २० किलो नुन, २० किलो प्याज सहित अन्य खाद्यान्न तथा तरकारी उपलब्ध गराएको हो । क्लवले १ लाख बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको छ ।
यसअघि गतवर्ष दशैैका अवसरमा समेत क्लवले सेवा केन्द्रमा खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । सेवा केन्द्रमा ६२ जना बृद्धबृद्धा, १५ जना हिंसा पीडित महिला र ५ बालबालिका आश्रित रहेका छन ।
















प्रतिक्रिया