१० कार्तिक २०८३, मंगलबार

प्रधानसेनापति क्षेत्री र प्रहरी महानिरीक्षक अर्यालबीच जंगी अड्डामा भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2072

काठमाडौं, २७ भदौ । प्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार भएको भेटले दुई सुरक्षा निकायको नेतृत्व वर्गकोे भेटवार्ताले आपसी समझदारी बढ्ने र सुमुधुर सम्बन्ध अझ प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

भेटका क्रममा दुई सुरक्षा निकायका प्रमुखबीच देशको सुरक्षा स्थिती, प्रहरी सेना परिचालन र समन्वयका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त अवसरमा नेपाल प्रहरीका अन्य वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।