मुम्बई । सलमान खानसँग काम गर्न पाउनु हिरोइनका लागि किस्मतसँग तुलना गरिन्छ ।
तर, अभिनेत्री अनुष्का शर्माले सलमान सँग काम नगर्ने घोषणा गरेकी छिन् । उनी सलमानसँग भाग्न खोजेकी छिन् । अर्थात सलमानबाट टाढा रहन खोजिन् ।
एक खबर अनुसार सलमान खानको फिल्म ‘सुल्तान’मा अनुष्काले मूख्य अभिनेत्रीको भुमिका निभाउने चर्चा थियो तर, त्यो सबै अनुष्काले खारेज गरेकी छिन् । हाल अनुष्का ‘ऐ दिल मुश्किल’को शूटिंगका लागि लण्डनमा छिन् । अनुष्काले एक ट्विट गर्दै सलमानसँग कुनै पनि फिल्म खेल्ने योजना नरहेको स्पष्ट पारेकी हुन् ।
यसअघि यश राज फिल्मसले बनाउन लागको फिल्म ‘सुल्तान’मा अभिनेत्री नाम अनुष्कासँग जोडिएको थियो । तर, अनुष्काले शनिबारको ट्विटमा उक्त खबरको खण्डन गर्दै सलमानसँग फिल्म नखेल्ने बताईन् । यसअघि अभिनेत्री परिणीति चोपड़ाले पनि सलमानसँग फिल्म नखेल्ने घोषणा गरेकी थिईन् ।















प्रतिक्रिया