१० कार्तिक २०८३, मंगलबार

अधिकार नदिए देश अलग गर्ने थरुहटको चेतावनी, थारु बाहुल्य क्षेत्रलाई छुट्टै राज्य बनाउने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press meet

धनगढी, २७ भदौ । थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले थारुलाई बाहिर राखेर संबिधान आए थारु बाहुल्य भएको क्षेत्रलाई देश अलग गर्ने चेतावनी दिएका छन् ।

आईतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले पहिचानमा आधारित थारुहरुलाई प्रदेश नदिए थारुहट प्रदेशलाई छुट्टै प्रदेश पनि बनाउन सक्ने बताए । बिश्वमा थुप्रै घटना भएको चित्रण गर्दे उहाँले संबिधान निर्माणकै प्रक्रियामा असन्तुष्ट जनताहरुले अलगै देश घोषणा गरेकोले थारुहरु पनि अलग देश घोषणा गर्ने दाबी गरेका छन् ।

अर्को फरक प्रशंगमा अध्यक्ष चौधरीले बिजय कुमार गच्छदारको फोरम लोकतान्त्रिकको मोर्चाप्रति असन्तुष्टि जनाउँदै सो मोर्चाबाट अलग हुने समेत बताएका छन् । फोरम लोकतान्त्रिक कैलालीका केही भाग मिलाएर थारुवानमा मिलाएपनि सहमतिमा आउन लागेकाले उनीहरुसंग आन्दोलनमा एक भएर जान नसक्ने बताए । उनले भने–हामीहरुलाई कैलाली कञ्चनपुरदेखि नवलपरासी सम्मको थारुवान प्रदेश चाहिन्छ ।

bhanuram chau (1)
थरुहट पार्टी अध्यक्ष भानुराम चौधरी

अहिले संबिधान जारी हुने समय नजिकिदै जादा थारुवान प्रदेशको माग राख्दै कैलालीका थारुहरु आन्दोलनमा छन् । उनीहरु नयाँ बन्ने संघिय नेपालको खाकामा कैलाली कञ्चनपुर सहित नवलपरासी सम्म मिलाएर थारुवान प्रदेशको माग गर्दै आएका छन् । पत्रकार सम्मेलनमा अरु थारु नेताहरुले थारुको मागलाई व्यबस्था गरेर ल्याएको संबिधान आए आन्दोलनको आधिबेरी ल्याउने बताएका छन् ।

त्यस्तै सोही पत्रकार सम्मेलनमा संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले काँग्रेस, एमाले र एमाओवादीले संघियताको परिभाषा नबुझेको आरोप लागाएका छन् । पहिले सघियताका बारेमा सुशील, केपी र प्रचण्डलाई बुझाए मात्रै देशको संघिय खाका कोर्न केही सहज हुने सहअध्यक्ष श्रेष्ठले बताए ।

आफूहरुले जातिवादी राज्यविरुद्ध संघीय राज्य नेपालमा हुनुपर्ने र सबैजातिको प्रतिनिधित्व हुनुपर्ने पक्षधरको आवाज बुलन्द गर्दे लैजाने बताए ।