१० कार्तिक २०८३, मंगलबार

मोर्चाका कार्यकर्ताले म्याजिक भ्यानमा आगजनी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (2)पथरी (मोरङ), २७ भदौ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले मोरङको विराटचोक सडकखण्डमा आज बिहान एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार सडकखण्डको सिग्राहा– ७ मा को१च ५९२९ नंको म्याजिक भ्यानमा २५–२६ जनाको समूहले आगजनी गरेको हो । सो समूहले भ्यानका चालकलाई कुटपिट गरेको छ ।

सीमाङ्कनमा असन्तुष्टि जनाउँदै आएका मधेस केन्द्रित दलका कार्यकर्ताले आह्वान गरेको बन्दले औषधि अभाव हुन थालेको छ । बन्दले विद्युतीय रिक्सा र टेम्पो मात्र सञ्चालनमा छन् । तर उद्योगधन्दा, कलकारखाना, बजार पसल बन्द छन् । रासस