गौशाला, २७ भदौ । महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ ।
निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा जिल्लाको कोल्हुवाबगेया गाविसका रञ्जीत पण्डितकी श्रीमतीको मृत्यु भएको स्थानीयवासी जीतेन्द्रकुमार मण्डलले बताउनुभयो ।
गएराति करिब ११ बजेतिर प्रशव पीडा सुरु भएको उनलाई जिल्ला अस्पताल जलेश्वरमा ल्याउन कुनै पनि एम्बुलेन्स नपाएको र निषेधाज्ञाका कारण निजी गाडीले जान नमानेपछि उनका ससुरा रामभरोस पण्डितले बुहारीलाई टायरगाडामा राखेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।















प्रतिक्रिया