५ कार्तिक २०८३, बिहिबार

वार्ताका लागि मध्यस्थता गर्दै अधिकारकर्मीहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । सरकार र आन्दोलनरत पक्षबीच वार्ता गराउन मध्यस्थताका रूपमा केही मानवअधिकारवादी र राजनीतिक विश्लेषक लागेका छन् ।

मध्यस्थताको भूमिकामा दमनाथ ढुंगाना, सुन्दरमणि दीक्षित, दीपेन्द्र झा, तुलनारायण साह, विजयलाल कर्णलगायत रहेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए ।

मध्यस्थताको भूमिकाभन्दा पनि वार्ता होस् भनेर आफूहरू लागेको तुलनारायण साहले बताएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले भने, ‘हामी आन्दोलनरत पक्ष र सरकारबीच वार्ता होस् भन्ने पक्षमा छौँ, मध्यस्थता नै भन्नेचाहिँ होइन ।’

अनिच्छापूर्वक भए पनि वार्तामा जानु राम्रो हुने नेताहरूलाई भनेको साहले बताए ।

‘वार्तामा पुगेपछि मूर्तता आउँछ भनेर मैले मधेसी नेताहरूलाई भनेको हो,’ उनले भने, ‘वार्तामा नगए अन्तर्राष्ट्रिय समुदायले पनि तपाईंहरूलाई गलत देखाउँछ पनि भनेको हो ।’