३० आश्विन २०८३, शुक्रबार

टीकापुर घटनामा संलग्न अभियोगमा थारु र मधेसी नेतासहित २१ जना पक्राउ, को-को छन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dig-madhav-nepalधनगढी, २६ भदौ । टीकापुरमा भएको हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिलाई थप बिग्रिन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीबीच आपसमा समन्वय गरी सहयोगी भावना हुनुपर्नेमा जोड दिइएको छ ।

घटनापछि पहिलो पटक शुक्रबार साँझ यहाँ आयोजित स्थानीय प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीबीचको अन्तक्र्रियाका सहभागीले घटनापछि बिग्रिएको सद्भाव पुरानै अवस्थामा फर्काउन सबैको संयुक्त पहल जरुरी रहेकामा जोड दिएका छन् ।

डीआईजी माधव नेपालले घटनामा संलग्न भई अनुसन्धानका क्रममा पक्राउ परेका २१ जनालाई कानुनी दायरामा ल्याइएको बताउनुभयोे । उहाँका अनुसार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थारु कल्याणकारिणीसभाका कैलाली जिल्ला अध्यक्ष लाहुराम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा मधेसी नेता लक्ष्मण थारु, करण चौधरी र विश्राम चौधरीविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।

पत्रकारले सहज रुपमा सूचना प्राप्त हुन नसक्दा शान्ति स्थापनाका साथै सामाजिक सद्भाव कायम गराउनमा समस्या सिर्जना हुने भएकाले सूचना उपलब्ध गराउन आग्रह गरेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले प्रशासन र पत्रकारबीचको दूरी बढ्नु नहुनेमा जोड दिनुभयो । उहाँले टीकापुर घटनामा संलग्न हुनेलाई सूचना प्रविधिमा आधारित रहेर दोषी देखिएकालाई मात्र पक्राउ गर्ने गरिएको जानकारी दिँदै कसैलाई अनाहकमा पक्राउ गरी दुःख दिने नियत नभएको स्पष्ट पार्नुभयो ।

प्रहरी नायब महानिरीक्षक माधव नेपालले घटनापछि बिग्रिएको शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा आएको र घटनामा संलग्न भई अनुसन्धानका क्रममा पक्राउ परेका २१ जनालाई कानुनी दायरामा ल्याइएको बताउनुभयोे । “शान्ति छ, कतिपय ठाउँमा अझै सद्भाव छैन”, उहाँले भन्नुभयो – “अब सामाजिक सद्भाव कायम गर्न पहल गर्न जरुरी छ ।”

कार्यक्रममा घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थारु कल्याणकारिणीसभाका कैलाली जिल्ला अध्यक्ष लाहुराम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा मधेसी नेता लक्ष्मण थारु, करण चौधरी र विश्राम चौधरीविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरिएको जानकारी गराइयो ।

टीकापुर घटनापछि स्थानीय प्रशासनले सुरक्षाको नयाँ रणनीति अख्तियार गरेको बताइएको छ । थारु समुदायका व्यक्तिलाई जथाभावी रुपमा पक्राउ गरी उनीहरुमाथि दमन र दुव्र्यवहार गरिरहेको गुनासो थारु समुदायबाट आइरहेका बेला घटनाका दोषीलाई मात्र पक्राउ गरी मानव अधिकार मैत्री ढङ्गले व्यवहार गर्ने गरिएको स्थानीय प्रशासनले बताएको छ ।

यही भदौ ७ गते टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परी आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो । घटनापछि टीकापुरमा लगाइएको २४ घन्टे निषेधाज्ञा केही दिनदेखि बिहानको समयमा खुकुलो पारिएको छ ।

यस्तै धनगढीमा दिउँसो १२ देखि ३ बजेसम्म लगाइएको निषेधाज्ञा यथावत् रहेको छ । रासस