३० आश्विन २०८३, शुक्रबार

नुवाकोटका निर्मल डिआइडी टप टेनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmal Tamangकाठमाडौं । चर्चित भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी) को उत्कृष्ट १० मा एक नेपाली पुग्न सफल भएका छन् ।

नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार–११ का २३ वर्षीय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका हुन् । भूपू भारतीय सेना शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैशाखदेखि डीआईडी प्रतियोगितामा संषर्घ गरिरहेका छन् ।

बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवर्तीलगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिबार र आइतबार राति सवा नौ बजे प्रशारण हुँदै आएको छ ।

उत्कृष्ट दशपछि छनौट हुनेलाई भोटिङको साहरा लिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न डिआइडी ५ स्पेस एनआइआर लेखेर ५७५७५ मा एसएमएस गर्नुपर्ने हुन्छ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ ।

त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ । जसको लागि www.zeetv.com/nir लेखेर अनलाईन भोटिङ गर्न सकिने छ ।

भोटिङ गर्ने समय शनिबार राति नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिने भएकाले उनलाई जिताउनका लागि नेपालीहरुको भोटको अपेक्षा उनका परिवारले गरेका छन् ।

आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’