जनकपुर, २५ भदौ । धनुषामा शुक्रबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।
विहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै शुक्रबार किहान ६ बजेदेखि जनकपुर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।
पूर्वमा कपिलेश्वरदेखि पुलचोक, पश्चिममा बेलापुलदेखि पिंडारी चोकसम्म, दक्षिणमा जिल्ला शिक्षा कार्यालय क्षेत्र र उत्तरमा बाबा पेट्रोल पम्पदेखि धनुषाधाम जाने बाटासम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।















प्रतिक्रिया