गौशाला, २५ भदौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा बिहीबार राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर–१० सारी बस्ने ललन झाको छोरा १४ वर्षीय अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिहीबार राति आफ्नै कोठाको बत्ती बिग्रेर आफैँ बनाउन गएका अभिषेकको नाँगो तारमा करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो ।
बालकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस















प्रतिक्रिया