काठमाडौं, २५ भदौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र समर्थकले कलैया अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेड) शैलेश झाको निजी कारमा बिहीवार आगजनी गरेका छन् ।
आगो लगाउनु अघि मोर्चाका कार्यकर्ताहरुले झामाथि हातपातसमेत गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
भदौ १५ गते प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका कलैया १० का २२ वर्षीय हिफाजत मियाँको पोस्टमार्टममा मृत्युको कारण स्पष्ट र विस्तृत रुपमा उल्लेख नगरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले अस्पताल परिसरमा रहेको झाको क्वार्टर अगाडि पार्किङ गरिएको से १ च ८७९ नम्बरको स्वीफ्ट कम्पनीको नयाँ कारमा आगजनी गरेका हुन् ।















प्रतिक्रिया