– डम्मर बम
काठमाडौं, २४ भदौ । कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुर्घटनामा मृत्यु भएका आफ्ना सदस्यको परिवारलाई क्रिया र छोराछोरीको पठाई खर्च दिएको छ ।
संस्थाले आज एक कार्यक्रमको आयोजना गरी वैशाख ११ गते दुर्घटनामा मृत्यु भएकी रामशिखरझाला गाविस–१ की यशोदा शाहीको परिवारलाई वाफत २ लाख १० हजार दिएको हो ।
संस्थाका अध्यक्ष षडानन्द सापकोटा र प्रवन्धक डम्बर शाहले सयुक्त रुपमा मृतकका श्रीमान् जनकबहादुर शाहीलाई हस्तातरण गर्नु भएको हो । स्वर्गीय शाही संस्थाद्धारा सञ्चालित लघुवित्त कार्यक्रमका सुखड शाखामा सदस्य रहनुभएको थियो ।
विस २०५२ सालमा स्थापना भएको संस्थाले विपन्न आर्थिक स्थिती भएका महिलाहरुको जिवन उकास्ने हेतुले २०६४ सालमा लघुवित्त कार्यक्रम लम्कीमा स्थापना गरेको थियो ।
हाल कैलालीको बौनिया, टीकापुर, लम्की, खुखड, मसुरिया लगायतका ठाउँमा लघुवित्त कार्यक्रम सञ्चालन रहेका छन् ।















प्रतिक्रिया