३० आश्विन २०८३, शुक्रबार

मधेसमा उपेन्द्र र राजेन्द्र महताको मोर्चाले गर्‍यो कडा निर्णय, आन्दोलन थप सशक्त बनाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi Morcha Meeting

– विवेक विश्वकर्मा
भैरहवा, २४ भदौ । मधेशी दलका शीर्ष नेताहरुको भैरहवामा जारी बैठक सकिएको छ । बैठकले मधेशमा जारी आन्दोलनलाई थप शसक्त रुपमा अगाडी लैजाने निर्णय गरेको छ ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पछिल्लो पटक वार्तामा आव्हान गरिएको आफूहरुलाई कुनै औपचरिक जानकारी नआएको जनाए । सरकारले अहिले मधेशमा दमनको नीति लिएको कारण अबका दिनमा आन्दोलन थप सशक्त रुपमा अगाडि लैजाने मोर्चाको निर्णय भएको महतोले जानकारी दिए ।

यसैगरी संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले बिगतमा सरकारसंग वार्ताको वातावरण बनाउन राखिएका शर्त पूरा नभएसम्म वार्तामा जान नसकिने दोहोराएका छन । मधेसमा रहेका सैनिकहरुलाई फिर्ता बोलाई, जारी रहेका कर्फ्र्यू र निषेधाज्ञा फिर्ता लिनुपर्ने, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा, घाईतेलाई निःशुल्क उपचारको ब्यवस्था गर्नुपर्ने, तत्कालको लागि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने लगायतका शर्त राख्दै यादवले यी शर्त नमानेसम्म वार्तामा जाने वातावरण नबन्ने बताए । वार्ताको वातावरण पनि सरकारले नै बनाउने दायित्व रहेको उनको धारणा थियो ।

बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर, महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, तराई मधेश सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरु पनि उपस्थिती थियो ।