५ कार्तिक २०८३, बिहिबार

बादलको हत्या गर्नेलाई अदालतमा पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramji-paudel-deuba1काठमाडौं, २४ भदौ । कांग्रेस नेता रामजी पौडेल बादलको हत्या आरोपीलाई प्रहरीले कर्तब्यज्यानको अभियोगमा कास्की जिल्ला अदालतमा पेश गरेको छ ।

घटनामा प्रत्यक्ष संलग्न ७ र सहयोगी ६ रहेको दावी सहित १३ जनाबिरुद्ध अभियोग छ । उनीहरुमध्ये ४ अझै फरार रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

यसैगरी हत्या आरोपको शंकामा प्रहरीले पक्राउ गरेका कांग्रेस लेखनाथ नगरका सभापति राजेन्द्रमणि लामिछाने भने छुटेका छन् ।

जिल्ला न्यायाधीबक्ता योगनाथ ढकालले लामिछानेबिरुद्ध मुद्धा चलाउन आवस्यक प्रमाण नभएकाले छाडिएको बताए ।

प्रहरीले ७ जनाबिरुद्ध मुलुकी ऐनको ज्यान सम्बन्धि महलको १३ ९३० अनुसार माग दावी गर्दै अदालतमा पेश गरेको हो ।

यसरी माग दावी गरिएकामा आदिवासी जनजाति संघ लेखनाथका सभापति प्रकाश गुरुङ, तरुण दलका नेताहरु विश्वास गौतम, राजु रानाभाट लगायतका छन् ।