काठमाडौं, २४ भदौ । सामाखुसीका गुन्डा नाइके कुमार श्रेष्ठको इन्काउन्टरमा संलग्न प्रहरी अधिकारीको हत्या योजना बनाएको आरोपमा धादिङका साजन गुरुङ र कारजोन गुरुङ पक्राउ परेका छन् ।
इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीको दैनिकी निगरानी गरी सूचना दिएको र हत्या योजनामा संलग्न रहेको आरोपमा दुवै जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको समाचार नागरिक दैनिकले छापेको छ ।
भदौ ३ मा कपुरधारास्थित घर अगाडिको खुल्ला ठाँउमा इन्काउन्टरमा घैंटे मारिएका थिए ।















प्रतिक्रिया