काठमाडौं, २३ भदौ । आन्दोलनमा खटिने प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ ।
गृहमन्त्री वामदेव गौतमले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बैठकमा यसबारे जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
शान्तिसुरक्षा समीक्षा बैठकमा डिआइजीहरूले स्रोतसाधनको अभाव रहेको गुनासो गरेका छन् ।
उनीहरूले पर्याप्त इन्धन नभएको, थोत्रा गाडी रहेको गुनासो गरेका थिए । गृहमन्त्री गौतमले पर्याप्त स्रोतसाधन उपलब्ध हुने भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।















प्रतिक्रिया