५ कार्तिक २०८३, बिहिबार

चन्दबहादुर डाँगीको शव अमेरिकामा अलपत्र, सर्कस कम्पनीले ध्यान दिएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chandra-Bahadur-Dangiकाठमाडौं, २३ भदौ । विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ पुरन्धारा ९ का चन्द्रबहादुर डाँगीलाई उपयोग गरेर कमाउने योजना बनायो, अमेरिकास्थित एक सर्कस कम्पनीले ।

सोही कम्पनीको निम्तोमा भतिज दोलखलाई लिएर चैत ३ गते काठमाडौबाट हिडे । कोरिया, फिजी हुँदै अमेरिका छिरेका उनी सर्कसमा काम गर्दागर्दै बिरामी परेको समाचार नागरिक दैनिकले छापेको छ ।

६ दिनअघि उनको अमेरिकाकै अस्पतालमा मृत्यु भयो । मरेपछि उपियाँले पनि जिय छाड्छ भनेझैँ डाँगीको मृत्युपछि कम्पनीले वास्तै गरेन । उनको शव ६ दिनदेखि अमेरिकामा अलपत्र छ ।