काठमाडौं, २ भदौ । दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट अवैधानिक रुपमा बसोबास गरेका नेपाली सहित १३ विदेशी कामदार पक्राउ परेका छन् ।
सोमबार दिउँसो ३.३० बजे कोरियाली अध्यागमन विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो ।
पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् । त्यस्तै ४ जना भियतनामी र ५ जना चिनियाँ कामदार रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपाली कामदारहरु उक्त कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा काम गरिरहेका एक नेपालीले जानकारी दिए ।
ती नेपालीका अनुसार अध्यागमन विभागका कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु गरेको थिए ।
कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको थियो ।
यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३ महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ परेका थिए ।















प्रतिक्रिया