२१ कार्तिक २०८३, शनिबार

घैंटेको इन्काउन्टरपछि काठमाडौंबाट गुण्डा नाइके साजन महर्जन पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sajan-Maharjanकाठमाडौं, २२ भदौ । गुण्डानाइके कुमार घैंटे इन्काउन्टरबाट मारिएको एरियाबाटै अर्का एक गुण्डा नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानीको गोगंबु क्षेत्रमा गुण्डागर्दी गर्दै आएका गुण्डानाइके साजन महर्जनलाई मंगलबार दिउँसो महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महानरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत गुण्डानाइके महर्जनलाई पक्राउ गरिएको बताउनुभयो ।

बालुवा, रोडाढुंगा र गिटी तथा निर्माण व्यवसाय महजर्नले व्यापारीलाई धम्क्याउने र रकम असुल्ने गरेको उजुरी आएपछि महाशाखाले थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको एसएसपी खनालको भनाई छ । यसअघि समाखुसी चोक नजिकै गुण्डानाइके कुमार श्रेष्ठ घैंटे प्रहरी इन्काउन्टरमा मारिएका थिए ।