२१ कार्तिक २०८३, शनिबार

संविधानसभामा परिमार्जित विधेयकमाथि परेका संशोधन प्रस्ताव पेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanकाठमाडौं, २२ भदौ । संविधानसभाले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि सभामा दफावार छलफल गरियोस भन्ने प्रस्तावलाई ध्वनीमतले पारित गरेको छ । ध्वनीमतले पारित भएसँगै संशोधनकर्तालाई आफ्ना धारणा राख्न समय दिइएको छ ।

संविधानसभाको आजको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले विधेयक संविधानसभामा पेश गर्नुभएको थियो । सिटौलाले विधेयक पेश गर्नेवित्तिकै अध्यक्ष सुवासचन्द्र नेम्वाङले छलफलका लागि बैठकमा पेश गर्नुभएको थियो ।

संविधानसभाले सिटौलाद्वारा पेश गरिएको विधेयकलाई ध्वनीमतले पारित गर्दै दफावार छलफलका लागि संशोधनकर्ताहरूले धारणा राखेका छन् ।

संविधानको विधेयकमा ५४ वटा संशोधन दर्ता भएका छन् । सबै संशोधनकर्तालाई आफ्नो संशोधन प्रस्ताव दफावार छलफलका लागि संविधानसभा बैठकमा पेश गर्ने समय दिइनेछ ।