२१ कार्तिक २०८३, शनिबार

रुक्मिणी चौधरीको थरुहट मञ्चपनि संविधानसभाबाट बहिरियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुक्मीणी चौधरी
रुक्मीणी चौधरी

काठमाडौं, २२ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवम् सभासद रुक्मिणी चौधरीले पनि संविधानसभामा संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएको घोषणा गर्नुभएको छ ।

संविधानसभाको आजको बैठकमा बोल्दै सभासद चौधरीले आफू संविधान निर्माणमा थारुहरूका मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिइएकाले प्रक्रियाबाट बाहिरिनु परेको बताउनुभयो । ‘थारुहरू विगत २८ दिन देखि आन्दोनलमा छन्’, उहाँले भन्नुभयो, ‘यति लामो समयसम्म आन्दोनल गर्दा पनि जिम्मेवार दल र निकायहरूले सम्बोधन गर्नेतर्फ लागेनन् । हाम्रा अधिकार सम्बोधन नहुने भएपछि किन संविधान निर्माणको प्रक्रियामा भग लिने ?’

उहाँले थारुका माग सम्बोधन नहुँदासम्म संविधान निर्माणको यो प्रक्रियामा सहभागी नहुने उल्लेख गर्नुभयो ।

सभासद चौधरीले थारुका मागलाई सम्बोधन गर्न माग गर्दै नयाँ संविधानको विधेयकमा संशोधन प्रस्ताव पनि पेश गर्नुभएको छ ।