काठमाडौं । सञ्चारकर्मी तथा गीतकार डब्बु क्षत्रीले यस पटकको तीजलाई लक्षित गरेर तीज गीत बजारमा ल्याएका छन् ।
‘माइती घरमा तीज पर्व आको छ…’ बोलको यो गीतलाई आईतबारबाटै सामाजिक सञ्जाल यु ट्युबबाट सार्वजनिक गरिएको छ । गीतको स्थाई पाटो जति चुड्के भाकामा नचाउने शैलीको छ भने अन्तरा पाटो सँगिनी भाकामा बियोगान्त भावको छ ।
यस पटकको बिनाशकारी भूकम्पमा परी दिवँगत भएका आफन्तहरुको पीडा र भूकम्पबाट नयाँ जीबन पाएकाहरुको खुसी गरी दुबै पक्षलाई यो गीतमा समेटिएको गीतकार क्षत्रीले जानकारी गराएका छन्,‘बिनाशकारी भूकम्पमा काख गुमाएका, सिउँदो पुछिएका, बास गुमाएकाहरुको पीडा पनि मैले यो गीतमा समेटेको छु । त्यसैले भूकम्पमा बाँचेकाहरुको खुसी र उनीहरुले यस पटकको तिजमा गर्ने नाचगानलाई पनि समेटेको छु ।’
जुगल डँगोलको सँगीत र निशा देशारको स्वर रहेको यो गीत ‘तिज म्युजिक अवार्ड–२०७२’का सर्वोत्कृष्ट सन्देशमुलक तिज गीतको उत्कृष्ट पाँच भित्र मनोनयनमा परेको छ । गीतको भिडियोको निर्देशन पनि गीतकार डब्बु क्षत्रीले नै गरेका हुन् । किरण अधिकारीको सम्पादन, रामेश्वर हुमागाईको छायाँकन, प्रदीप हमालको कोरियोग्राफी यो भिडियोमा रहेका छ । जसमा पनाह अधिकारी, अस्मिता बस्नेत, बिमला गिरी, शर्मिला शर्मा, चन्दा बिडारी लगायत विभिन्न कलाकारको अभिनय रहेको छ । गीत र भिडियोको निर्माण डाउनलोड सेन्टर नेपालले गरेको हो ।
https://www.youtube.com/watch?v=c5PppjOvARI
















प्रतिक्रिया