
मलाई सबैभन्दा बढी मन पर्ने खाना नेपाली खाना हो । त्यसमा पनि थकाली खाना उत्तम लाग्छ । खाना ‘कम्प्लिट’ भयो भने त्यसको स्वाद फरक हुन्छ । थकाली खानामा त्यो ‘कम्प्लिटनेस’ पाइन्छ । मलाई मासुविना भात खान मनै लाग्दैन । तर, मासु नियमित भने हुँदैन ।
सातामा तीन दिनजति ‘ग्रेभी चिकेन–भात’ हुन्छ । मेरो ‘ब्रेकफास्ट’ ‘हेभी’ छ । बिहान कनफ्लेक्स र दुईरतीनवटा अन्डा खान्छु । अनि एक गिलास दूध पिउँछु । त्यसपछि ‘लन्च’मा थकाली खाना । बिहान ‘ननभेज’ भए पनि दिउँसो म ‘भेज’ हुन्छु । दाल–तरकारीसँग ‘लन्च’ हुन्छ ।
मलाई पिरो त्यति मन पर्दैन । रमरम पिरो भने ठिकै लाग्छ । गोलभेँडामा टिमुर राखेको अचार निकै स्वादिलो लाग्छ । टिमुर अचारले त खानाको स्वाद नै बदलिदिन्छ नि ! मलाई मन पर्ने परिकार मस्म हो । ‘चिकेन’ र ‘मटन’ मस्म खान मन लाग्छ । तर, बाहिर रेस्टुरेन्टमा धेरै खान्नँ, एक प्लेट भए पुग्छ ।
नयाँ पत्रिका दैनिक अगाडि लेख्छ मेरी श्रीमती मःम बनाउन माहिर छिन् । घरमा मस्म बन्दा म एकैपटक तीन प्लेटसम्म खान्छु । मलाई खाना पकाउन असाध्यै मन लाग्छ । साँझ घरमै भएँ भने म आफैँ ‘डिनर’ तयार पार्छु । म आफैँ खाना पकाउँदा ‘चिकेन आइटम’ बनाउँछु ।
विशेष गरी ‘इन्डियन ग्रेभी’ चिकेन । तरकारीमा भिन्डी र भेन्टा बढी मन पर्छ । यी दुवै परिकारमा प्याज म अलिक धेरै नै राख्छु । मलाई रेस्टुरेन्टमा गएर खान मन लाग्दैन । गएँ भने पनि साथीहरूसँगको जमघटमै मात्र हो । रेस्टुरेन्टमा मेरो ‘फस्र्ट अर्डर’ अम्बाको जुस हुन्छ ।
अरू जुस मलाई त्यति मन पर्दैन । परिवारसँग रेस्टुरेन्टमा जाँदा धेरैमा दुईरचार हजारसम्म खर्च भएको छ । विवाह तथा अन्य भोजभतेरमा मलाई जान त्यति मन लाग्दैन । त्यस्ता भोजमा खानामा चिल्लो बढी हुन्छ ।
मलाई चिल्लो मन पर्दैन । कुनै भोजभतेरमा गएँ भने ‘फम्र्यालिटी’का लागि केही खाएजस्तो गर्छु । त्यसमा चिल्लोरहित खाना छान्छु । घरमै खाना तयार पार्नु ल भनेको हुन्छु, भोजबाट फर्केपछि खान्छु । मलाई फलफूल पनि त्यतिकै मन पर्छ । मनै नपर्ने तरकारी भनेको करेला हो ।
त्यसैले, म यो कम खान्छु । म कहिलेकाहीँ ‘ड्रिंक्स’ लिन्छु । मलाई स्प्राइटको स्वाद मन पर्छ । अरूको खासै ठीक लाग्दैन । विदेशको यात्रामा पछिल्लो समय खासै समस्या परेको छैन । केही वर्षअघिसम्म समस्या पथ्र्यो । आफैँ खोजी–खोजी खानुपथ्र्यो ।
आजभोलि भने विश्वको जुनसुकै कुनामा पनि भनेजस्तै खाना पाइन्छ । मलाई मलेसिया मन पर्ने देश हो । त्यहाँ खानाको कुनै समस्या छैन ।
‘इन्डियन’ खाना त्यहाँ पाइन्छ । त्यसपटक युरोपको भ्रमणमा पनि हामीलाई खानाको समस्या परेन । त्यहाँका नेपालीले हामीलाई नेपाली खानाकै प्रबन्ध मिलाउनुभयो ।















प्रतिक्रिया