३० आश्विन २०८३, शुक्रबार

डेनमार्कले शरणार्थी प्रवेशमा नियन्त्रण गर्ने, विदेशी पत्रिकामा विज्ञापन छाप्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DENMARK-articleLकोपेनहेगन(डेनमार्क), २२ भदौ । डेनमार्क सरकारले सोमबार आफ्नो राष्ट्रमा प्रवेश गर्ने शरणार्थीलाई डेनमार्क प्रवेशमा निरुत्साहित पार्न विदेशी पत्रपत्रिकामा विज्ञापन अभियान सुरु गर्ने बताएको छ ।

डेनमार्कको अध्यागमन सेवाका अनुसार आप्रवासी प्रवेशलाई निरुत्साहित पार्ने प्रयासस्वरूप पहिलो दिन सोमबार लेवनानका चारवटा पत्रिकामा डेनमार्कमा हालै घटाइएका कल्याणकारी सेवा तथा शर्तका बारेमा सूचना छापिएको थियो ।

डेनमार्कले केही क्षेत्रमा शरणार्थी प्रवेशमा कडाई गर्ने निर्णय गरेको भन्ने पत्रिकामा सूचना प्रकाशित गर्दै डेनमार्क प्रवेशका लागि विभिन्न सात मापदण्ड पूरा गर्नुपर्ने जनाएको हो ।

प्रवेशको पहिलो वर्षमा पारिवारिक पुनःमिलनका लागी भन्दै क्याप छोड्न नपाइने, आप्रवास अस्वीकृत भएका शरणार्थी तुरुन्त स्वदेश फिर्ता जानुपर्ने तथा केही सामाजिक सेवा तथा सुविधामा कटौती गरिने लगायतका कुरा सूचनामा प्रकाशित गरिएको छ ।

स्थानीय भाषाको आवश्यक मापदण्ड पूरा हुनुपर्ने तथा कुनै पनि शरणार्थीलाई स्थायी बसोबास अनुमति बढीमा पाँच वर्षसम्ममा दिइनेलगायतका बुँदाहरू प्रवेशका लागि पूर्वसर्तका रूपमा अनिवार्य हुने सरकारले जनाएको छ । सिन्ह्वा