काठमाडौं, २२ भदौ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले तराईका जिल्लामा हत्या–हिंसा बढ्दै गएर ती जिल्लाका न्यायाधीश तथा कर्मचारी धमाधम काठमाडौं आई भीड बढेपछि उनीहरुलाई सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिनुभएको छ ।
प्रधानन्यायाधीश श्रेष्ठले काठमाडौं न्यायाधीश राख्ने ‘डम्पिङ साइट’ नभएको भन्दै उनीहरु सबैलाई सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिनुभएको सर्वोच्च अदालतका रजिस्ट्रार श्रीकान्त पौडेलले जानकारी दिनुभयो ।
उहाँले काठमाडौं आएका सबै न्यायाधीशलाई आ–आफ्नो कार्यस्थल जिल्ला अदालत जान र जान नसक्ने भएमा सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिनुभएको बताउनुभयो ।
तराईका धनुषा, रौतहट र महोत्तरी जिल्लाका १२ न्यायाधीश सबैभन्दा पहिला काठमाडौं आएका थिए ।
त्यसपछि तराईका अन्य जिल्लाका न्यायाधीश र कर्मचारी पनि धमाधम काठमाडौं आइरहेका थिए ।
न्यायाधीश तथा कर्मचारी गरी झण्डै १०० भन्दा बढी काठमाडौंमा नै रहने गरी आउन लागेपछि उनीहरुलाई व्यवस्थापन गर्न असजिलो हुने भएकाले सबैलाई काठमाडौंबाट बाहिर जान निर्देशन दिइएको हो ।












प्रतिक्रिया