बर्दिया, २१ भदौ । थरुहट । थारूवान् संयुक्त सङ्घर्ष समिति बर्दियाले यही भदौ २२ देखि २६ गतेसम्म पाँच दिनका लागि बन्द फिर्ता लिएको छ ।
उक्त दिनको अवधिमा यातायात, शिक्षण संस्था र बजार खुला रहने समितिका संयोजक गोविन्दप्रसाद थारूले बताउनुभयो ।
जनभावनाको कदर गर्दै आन्दोलनको स्वरुपमा केही परिवर्तन गरिएको आज आयोजित पत्रकार सम्मेलनमा थारूले जानकारी दिनुभयो ।
बर्दियामा बन्द आह्वान गरिएको आज २८ दिन पुगेको छ ।















प्रतिक्रिया