– डम्मर राज भट्ट
महेन्द्रनगर २१ भदौ । कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै ६ बिद्यार्थी संगठनहरुले सोमबार दोस्रो दिन पनि बिद्युत प्राधिकरणमा प्रदर्शन गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय, सिद्धनाथ विज्ञान क्याम्पस, एमिटी कलेज लगायतका विद्यालयबाट गएका गएका विद्यार्थीहरुले नारा जुलुससहित बिद्युत कार्यालय घेराउ गरेका हुन् । घेराउका क्रममा प्राधिकरणको गेट अगाडी प्रहरीसंग सामान्य झडप समेत भएको थियो । बिद्यार्थीहरुले बिद्युत कार्यालयमा अबिश्चितकालिन तालाबन्दी समेत गरेका छन् । जसका कारण बिद्युत प्राधिकरणको सम्पुर्ण कामकाज ठप्प भएको छ ।
नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी अखिल छैटौ लगायतका ६ वटा बिद्यार्थी संगठनहरुले जिल्लामा लोडसेडिङ हटाउनुपर्ने माग गर्दै तालाबन्दी र घेराउ गरेका हुन् । घेराउ गर्नुपुर्ब जिल्ला प्रशासन कार्यालयमा लोडसेडिङ्ग हटाउने सम्बन्धमा सर्बपक्षीय छलफल भएको थियो । तर, बार्ता सफल नभएपछि बिद्यार्थीहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
२०६५ साल २०६६ साल र २०६८ सालमा पनि पटक–पटक लोडसेडिङ मुक्त बनाउने बिषयमा सम्झौता भएको थियो र सो अनुरुप केहि समय लोडसेडिङ पनि हटाइएको थियो तर पछिल्लो समयमा ५ घण्टा लोडसेडिङ्गको समय तालिका रहेको भएपनि ८ देखि १० घण्टा सम्म बिद्युत कटौती हुदै आइरहेको छ । बिद्युत प्राधिकरण महेन्द्रनगरले भने लोडसेडिङ्ग घटाउने आफनो अधिकार क्षेत्र नरहेको भन्दै सामान्य सुधार बाहेक केहि गर्न नसकिने बताउँदै आएको छ ।
















प्रतिक्रिया