१० कार्तिक २०८३, मंगलबार

वार्ताबाट समाधान खोज्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepal, २१ भदौ । मानव अधिकार परिषद् नेपालले बारा र पर्सा जिल्लामा आन्दोलनका क्रममा अधिक बल प्रयोग भएको प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

परिषद्ले अधिकारकर्मीका सहयोगमा स्थलगत भ्रमणबाट अध्ययन तथा प्रत्यक्षदर्शी, आन्दोलनकारी, सुरक्षाकर्मी, प्रशासन र सञ्चारकर्मीसँग गरेको छलफलका आधारमा प्रतिवेदन तयार गरिएको हो ।
केही नेताले ‘आन्दोलनकारीको मृत्यु भएमा रु ५० लाख दिन्छाँै’ भनेकाले आन्दोलन हिसांत्मक बनेको निष्कर्ष निकाल्दै समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष तुलसी थापाले उक्त घटनाको निष्पक्ष न्यायिक छानबिन गरेर दोषीमाथि कारबाही गरेर विधिको शासनको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी दिनेश त्रिपाठीले आन्दोलनकारी र सुरक्षा निकाय दुवै पक्षलाई संयमित हुन आग्रह गर्दै आन्दोलनकारीलाई जनतालाई दुःख नदिने गरी शान्तिपूर्ण विरोध र वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

अधिकारकर्मी अनिल महर्जनले पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । रासस