काठमाडौं, २१ भदौ एकीकृत माओवादीले भूकम्पबाट क्षति भएको पुनःनिर्माणका लागि गठन गरिएको पुनःनिर्माण प्राधिकरणमा आफूहरूको विरोध नभएको भन्दै आफूहरूको प्रक्रियामा असन्तुष्टि रहेको जनाएको छ ।
प्रमुख विपक्षी दल एकीकृत माओवादीका मुख्य सचेतक गिरिजामणि पोखरेलले आज सिंहदरबारमा पत्रकारसँग कुरागर्दै सरकारले गठन गरेको पुनःनिर्माण प्राधिकरणको विधेयक र प्रक्रियामा सरकारकै गल्ती गरेको बताउनुभयो ।
‘सरकारले साठी दिनको समयभित्र पुनःनिर्माण प्राधिकरणको प्रतिस्थापन विधेयक ल्याएन’, उहाँले भन्नुभयो, ‘प्रक्रिया नमिलाएर र सहमति विना विधेयक ल्याउँदा हामीले सकरी मान्ने ?’
एकीकृत माओवादी पुनःनिर्माण प्राधिकरणको विधेयक पारित गराउन एकीकृत माओवादी तयार रहेको भन्दै सहमतिमा विधेयक ल्याउनुपर्ने जनाएको छ ।
सरकारले सदनमा दर्ता गराएको पुनःनिर्माण प्राधिकरणको विधेयकमा प्रमुख प्रतिपक्ष दलले असहयोग गरेको आरोप कांग्रेसले लगाएपछि एकीकृत माओवादीले त्यसको प्रतिवाद गरेको हो ।












प्रतिक्रिया