१० कार्तिक २०८३, मंगलबार

राजधानीमा ९ वर्षीय बालकको हत्या, मकैबारीमा भेटियो शव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कृष्ण जन्माष्टमीको दिनदेखि घरबाट वेपत्ता एक ९ वर्षीय बालकको काठमाडौंको गोलढुंगामा हत्या भएको छ ।

वेपत्ता भएको दुई दिनपछि ९ वर्षीय बालक मनदिप घिमिरेको शव तोरकेश्वर नगरपालिका ८ भ्यू टावर नजिकैको मकैबारीमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मनदिपको शवलाई बारीमा गएका किसानले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । खबर पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी बृत्त बालाजुको प्रहरी टोलीले हात खुट्टा बाँधिएको अवस्थामा बालकको शव फेला पारेको हो । घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।