१० कार्तिक २०८३, मंगलबार

लमजुङमा तेस्रो खुला राष्ट्रव्यापी मुक्तक प्रतियोगिता हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lamjung-map-लमजुङ, २१ भदौ । जिल्लामा आगामी वर्ष तेस्रो खुला राष्ट्रिव्यापी मुक्तक प्रतियोगिता हुने भएको छ ।

अन्तरङ्ग राष्ट्रिय साप्ताहिकको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा साप्ताहिकका सम्पादक नवराज पहाडीले आगामी वर्ष पत्रिकाको रजत जयन्तीका अवसरमा तेस्रो खुला राष्ट्रव्यापी मुक्तक प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो ।

सो प्रतियागिताका लागि पत्रिकाले रु छ लाखको अक्षयकोष स्थापना गरेको छ भने कोषमा आफूले रु ५० हजार सहयोग गर्ने जनाएको छ ।

सो अवसरमा वरिष्ठ साहित्यकार एवम् कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलवी क्षेत्रीले पत्रकारिता र साहित्यको उत्थानमा अन्तरङ्गले खेलेको भूमिको सराहना गर्नुभयो ।

सो अवसरमा गजल, मुक्तक र बाल कविता स्तम्भका पुरस्कृतहरूलाई उहाँले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

गजलमा अम्बिका बसौला र शान्ता कमली, मुक्तकमा बसन्त अधिकारी र विश्वनाथ न्यौपाने तथा बाल कवितातर्फ युनिभर्सल एकेडेमीका निश्चल अधिकारी पुरस्कृत भएका छन् ।

कार्यक्रममा कवि उदय अधिकारीले साहित्यिक रचनामा इतिहास र पहिचान जोडिएको बताउनुभयो । उहाँले लमजुङमा साहित्यसँगै अन्य सम्भावनाका विषयको पनि सम्भावना औँलाउनुभयो ।

कार्यक्रममा कवि सुरेन्द्र अस्तफल, वरिष्ठ गजलकार धनराज गिरी, मस्र्याङ्दी बहुमुखी क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष शालीग्राम अधिकारी, लक्ष्मीनारायण पुस्तकालयका उपाध्यक्ष तेजनारायण अधिकारीलगायतले बेशीसहर साहित्यिक सहर बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो । रासस