१० कार्तिक २०८३, मंगलबार

महिला बेचबिखनको क्रम बढ्दो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Human-traffikcing1नेपालगन्ज, २१ भदौ । भारतको बाटो प्रयोग गरी रोजगारका लागि अवैधरुपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।

गत एक वर्षको अवधिमा मध्यपश्चिमाञ्चलका ३१० महिला तथा बालबालिका हराएको निवेदन यहाँस्थित माइती नेपालमा आउनाले पनि बेचबिखनको समस्या टड्कारो देखिन्छ ।

सो संस्थाका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, परिवारका सदस्य हराएको निवेदन सबैको पर्दैन, अनुमानका आधारमा यो सङ्ख्या अझ बढी हुन सक्छ ।

“बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेसिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ– “संयोजक कोइरालाको भनाइ छ ।”

अवैध रुपमा विदेशिएका महिलामध्ये ७० प्रतिशत खाडी मुलुक र बाँकी भारतमा बेपत्ता भएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेको संयोजक कोइरालाले बताउनुभयो ।

“महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ थियो । रासस