काठमाडौं, २१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादले चर्काे रुप लिएको छ । पशुपति शम्सेर राणा पक्ष र लाकेन्द्र बहादुर चन्द पक्षको विवादका कारण आपूर्तिमन्त्री सुनिल बहादुर थापा र प्रधानमन्त्री सुशील कोइराला समेत अप्ठेरोमा परेका छन् ।
विवादकै कारण राणा पक्षले आपूर्तिमन्त्री थापालाई सरकारबाट फिर्ता बोलाएको थियो । तर, अध्यक्षमा चयन भएका लोकेन्द्र बहादुर चन्दले सोमबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई निरन्तरता दिन आग्रह गरेका छन् ।
आइतबार मात्रै चन्दले पक्षले राणालाई अपदस्थ गरी पार्टीको नेतृत्व आफ्नो हातमा लिएको थियो । नवनियुक्त अध्यक्ष चन्दले पार्टीको बहुमत केन्द्रीय सदस्यले आफूलाई अध्यक्ष चुनेको जानकारी प्रधानमन्त्रीलाई गराउँदै आपूर्तिमन्त्रीलाई पार्टीले फिर्ता नबोलाएकाले निरन्तरता दिन आग्रह गरेको सहप्रवक्ता किरण गिरीले जानकारी दिए ।
चन्दले आपूर्तिमन्त्री थापासँगै र राज्यमन्त्री गिरीबहादुर केसीलाई निरन्तरता दिने पार्टीको निर्णय भएको पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।












प्रतिक्रिया