३० आश्विन २०८३, शुक्रबार

सन्नीसँग रोमान्स गर्दै रणबीर, गर्लफ्रेण्ड कट्रिनालाई ‘टेन्सन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranbir-sunny-katrinaमुम्बई । प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको नयाँ फिल्म ‘ए दिल है मुस्किल’मा अभिनेता रणबीर कपुरले पूर्व पोर्नस्टार सन्नी लियोनीसँग रोमान्स गर्ने भएका छन् ।

बलिउड अभिनेत्री कट्रिना कैफका व्वायफ्रेण्ड रणवीरसँग सन्नीले काम गर्ने मौका पाएकी हुन् । रणवीरले सन्नीसँग रोमान्स गर्ने भएपछि कट्रिना भने तनाबमा छिन् । करण जौहरले निर्देशन गर्ने फिल्ममा सन्नी र रणबीरले न्यूड सिन समेत दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले अभिनयको क्रममा चुम्बन गर्नुपर्ने छ भने अर्धनग्न भएर नृत्य पनि गर्नुपर्ने हुन्छ । उक्त दृष्यको सुटिङ हेर्न कट्रिना सुटिङ स्पटमा उपस्थित हुने भएकी छिन् । फिल्ममा अभिनेत्री अनुष्का शर्माको मुख्य भूमिका रहनेछ ।