१० कार्तिक २०८३, मंगलबार

मोरङको केरौनमा दुर्घटना, एकको मृत्यु दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २१ भदौ । यात्रुबाहक बसको ठक्करबाट मोरङमा आइतबार साँझ एक स्कुटरचालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४३१४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे ६ प ६९२६ नम्बरको स्कुटरलाई केरौनमा ठक्कर दिँदा धरान–१० बस्ने विकास ताम्राकारको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही स्कुटरमा सवार ताम्राकारकी पत्नी २५ वर्षीया अञ्जना र १७ वर्षीया बहिनी साइना गम्भीर घाइते भएक छन् ।

घाइतेद्वयलाई उपचारका लागि विराटनगर ल्याइएको छ र बससहित चालकलाई इलाका प्रहरी कार्यालय, पथरीमा राखिएको छ । रासस