काठमाडौं, २१ भदौ । गिनिज बुक अफ वर्ल्ड रकर्डमा नाम लेखिएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको शव अमेरिकी टापुबाट नेपाल ल्याउन समस्या भएको छ ।
कानुनी झमेला र कूनतीनिक पहल नहुँदा शव ल्याउन अप्ठ्यारो भएको हो । उनको शव अमेरिकाको आइल्यान्ड सामुआस्थित अस्पतालमा राखिएको थियो ।
चन्द्रबहादुर बिरामी भएर अस्पताल भर्ना भएपछि अहिलेसम्मको खर्च २१ लाख रुपैयाँ (करिब २० हजार डलर) पुगिसकेको छ ।
उक्त रकम कसले र कसरी तिर्नेबारे अन्योल छ । डाँगीको सहयोगीका रुपमा त्यहाँ गएका भतिजा दोलखबहादुर डाँगीसँग त्यत्रो रकम छैन ।
उनलाई अनुवन्धित गरेर त्यहाँ लगको म्युजिक सर्कस अफ सामुआँसँग पनि डाँगीको कुनै सम्झौता नरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।















प्रतिक्रिया