५ कार्तिक २०८३, बिहिबार

विमनस्थलको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIAकाठमाडौं, २१ भदौ । मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीबाहिरका ८ वटा क्षेत्रीय विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिन सिफारिस गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको आन्तरिक विवाद साम्य पार्न बनेको सहचिवस्तरिय समितिले यस्तो सुझाव दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

गृहमन्त्री वामदेव गौतमले सहसचिव लक्ष्मी ढकालको संयोजनमा जेठ अन्तिम साता समिति बनाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलसहित, भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगंज र धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी सशस्त्रलाई दिन सुझाएको छ ।