५ कार्तिक २०८३, बिहिबार

गोविन्द केसीसँगको सहमतिले निजी मेडिकल कलेजहरू बन्द हुने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Medicalकाठमाडौं, २१ भदौ । निजी मेडिकल कलेजका संचालकले सरकार र डाक्टर गोविन्द केसीबीच भएको ११ बुँदे सहमतिप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले ६ सुत्रिय माग प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउँदै पूरा गर्न ३ दिने अल्टिमेटम दिएको समाचार कारोबार दैनिकले छापेको छ ।

उनीहरुले मागको सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले माथेमा प्रतिवेदन र ११ बुँदे सहमतिका ५ वटा बुँदाले व्यवसायलाई थला पार्ने जनाउँदै कार्यान्वयन गर्न नहुने अडान लिएका छन् ।