१० कार्तिक २०८३, मंगलबार

थरुहट तराई पार्टीले संविधानसभाको प्रक्रिया बहिष्कार गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-saba-bhawanकाठमाडौँ, २० भदौ । थरुहट तराई पार्टी नेपालले संविधानसभामार्फत नयाँ संविधानमा सदियौँदेखि उत्पीडनमा पारिएका जाति, वर्ग, लिङ्ग र क्षेत्रको पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकासको सुनिश्चितता गर्ने महान् जिम्मेवारी पाएकोमा केही दलका केही नेताहरुले बन्धक बनाउँदै आफैँले गरेका सहमति सम्झौतालाई लत्याएको आरोप लगाएको छ ।

पार्टीले आज एक विज्ञप्ति प्रकाशित गरी स्वेच्छाचारी ढङ्गबाट प्रदेशको सीमाङ्कन गर्ने, तराईका भूमिपुत्र थारु, मधेसी र मगरात क्षेत्रलाई क्षतविक्षत र खण्डित गर्दै पहिचान र अधिकारबाट विमुख बनाउने कार्य गरेको पनि आरोप लगाएको छ ।

यसैगरी, तीनदलीय सिण्डीकेटबाट जबर्जस्ती संविधान जारी गर्ने प्रक्रियालाई अगाडि बढाएको हुनाले आन्दोलनरत थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति, आदिवासी जनजाति, मधेसी मोर्चाले उठाएका न्यायसङ्गत एवम् जायज माग तथा मुद्दा सम्बोधनको सुनिश्चितता नभएसम्म संविधानसभाको सम्पूर्ण प्रक्रियालाई पार्टीले बहिष्कार गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । रासस