१० कार्तिक २०८३, मंगलबार

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७०) को राजनीति शास्त्र विषयको (सोधपत्र बाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

त्यस्तै, २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमएड) दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।

परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np र www.educationkhabar.com) मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । रासस