३० आश्विन २०८३, शुक्रबार

बिरामी बोकेको विमान तटीय क्षेत्रमा दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIMANडाकर (सेनेगल), २० भदौ । फ्रान्सका एक बिरामीसहित सात जनालाई लिएर उडेको विमान सेनेगल नजिकै सामुद्रिक तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको यहाँको उड्डयन कार्यालय स्रोतले आइतबार जनाएको छ ।

सेनेगल हवाई कम्पनीको बुर्किन फासोबाट उडेको उक्त दुई इन्जिन भएको विमान स्थानीय समयअनुसार शनिबार साँझ ७ बजेपछि सम्पर्कविहीन भएको थियो ।

विमान सेनेगलको राजधानी डाकरको १११ किलोमिटर पश्चिमबाट सम्पर्कबाहिर गएको सेनेगलको नागरिक तथा उड्डयन प्राधीकरणले आइतबार जारी गरेको वक्तव्यमा जनाइएको छ ।

सेनेगलको हवाई सेनाले हराइरहेको जहाजको खोजी गरिरहेको वक्तव्यमा बताइएको छ । रासस÷एएफपी