२१ कार्तिक २०८३, शनिबार

डा. गोविन्द केसीको अनसन यसकारण गरिव विद्यार्थीविरुद्ध छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Medicalकाठमाडौं, २० भदौ । निजी मेडिकल सञ्चालकहरूको संस्था ‘एसोसिएसन अफ प्राइभेट एण्ड डन्टल कलेज अफ नेपाल’ले अनसन बसेका डा. गोविन्द के.सी. माफियाको चङ्गुलमा फसेर निजी लगानीका मेडिकल कलेजहरूलाई धरासायी बनाउन लागेको आरोप लगाएका छन् । डा.के.सी.लाई देखाएर सरकारलाई मेडिकलको क्षेत्रमा गलत निर्णय गराएको आरोप छ ।

निजी लगानीका मेडिकल कलेज सञ्चालकहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा.गोविन्द के.सी.को बुइचढेर माफियाहरूले निजी मेडिकल कलेजलाई सिध्याउन लागेको बताए ।

एसोसिएनका कार्यबाहक अध्यक्ष डा.सुरेसकुमार कनौडियाले डाक्टर पढाउने कोटा रोकेर डा.गोविन्द के.सी.सहितको समूहले पढ्न पाउने अधिकारमाथि हस्तक्षेप गरेको बताउनुभयो ।

‘डा.गोविन्द के.सी.को बुइचढेर माफियाहरूले निजी मेडिकल कलेज बन्द गर्ने अभियानमा लागेका छन्’, कनौडियाले भन्नुभयो, ‘निजीलाई चल्न नदिने हो भने राष्ट्रियकरण गरे हुन्छ । हिम्मत छ भने राष्ट्रियकरण गरौँ । हामी तयार छौँ ।’

केदार माथेमाको प्रतिवेदन हचुवाको भरमा आएको भन्दै कनौडियाले गारिव जनताका छोराछोरीले निःशुल्क पढ्न पाउने अधिकारलाई समेत कटौति गरिएको बताउनुभयो । उहाँले मेडिकल शिक्षालाई नियन्त्रा गर्न नहुने बताउनुभयो ।

‘मेडिकल कलेजहरूलाई खुल्न दिनुपर्छ’, कार्यबाहक अध्यक्ष कनौडियाले भन्नुभयो, ‘मेडिकल कलेज खुल्न थालेपछि गोविन्द के.सी.लाई हतियार बनाएर भाँड्न कार्य हुन्छ ।’

माथेमा प्रतिवेदन बनाउने क्रममा विज्ञ र निजी मेडिकल कलेज सञ्चालकहरूसँग कुनै सल्लाह नगरिएको एसोसिएनको आरोप छ ।

डा. गोविन्द के.सी.को आन्दोलनको बुइचढेर यो वर्ष आठ सय विद्यार्थीको कोटा घटाएको कनौडियाले आरोप लगाउनुभयो । उहाँले यी सबै विद्यार्थी अब ध्ययनका लागि लाखौँ खर्च गरेर विदेश मेडिकल शिक्षा लिन जाने बताउनुभयो ।

नेपालमा मेडिकल शिक्षा नियन्त्रण गर्न एउटा माफिया लागेको एसोसिएसनका महासचिव डा. सुनिल शर्माले आरोप लगाउनुभयो । उहाँले सरकारले मेडिकल कलेज खोल्न अनुमति दिएर सरकारले पछि रोक्ने काम गरेका कारण करोडौँ रुपियाँ नोक्सानी भएको बताउनुभयो ।

निजी मेडिकल कलेजहरूले डा.गोविन्द के.सी.को बुइचढेर मेडिकल क्षेत्रलाई तहस नहस बनाउने समूहविरुद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । उनीहरूले निजी मेडिकल कलेजहरूमा इमर्जेन्सीबहेकका सबै सेवा बन्द गर्दैछन् ।

आज मात्रै अनसन तोड्नुभएका डा.गोविन्द के.सी.का केही माग जायज भए पनि उहाँले उठाएका अधिकांश माग मेडिकल शिक्षा लिन चाहने विद्यार्थीका लागि घातक सिद्ध रहने एसोसिएसनको भनाइ छ ।