३० आश्विन २०८३, शुक्रबार

सुरु भयो ‘नाई नभन्नु ल-४’ को शुटिङ, यस्तो बन्दैछ फिल्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nai-nabhannu-la-4

काठमाडौं । नेपालकै सफल फिल्म ‘नाइ नभन्नु ल’ को चौथो सिक्वेलको शुटिङ सुरु भएको छ ।

शनिबार राजधानीमा फिल्मको शुभमुहुर्त गर्र्दै शुटिङको शुभारम्भ गरिएको हो । मुहुर्त कार्यक्रममा फिल्मका कलाकारहरुको उपस्थिति थियो । फिल्मको नियमित छयांकन सोमबारबाट सुरु हुँदैछ । फिल्मको छयांकन राजधानीसहित चितवनको रमणिय स्थानहरुमा हुने फिल्मका निर्देशक विकास आचार्यले बताए ।

प्रेम कथाले भरिएको फिल्म उत्कृष्ठ बन्ने निर्देशक आचार्यको दाबी छ । त्रिकोणात्मक प्रेममा आधारित कथामा पल शाह, बर्षा राउत र आचल शर्मा मुख्य भुमिकामा रहनेछन । यी बाहेक प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खनाल, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ लगायतको अभिनय फिल्ममा हुनेछ ।

बिकास आचार्यको लेखन निर्देशनमा बन्ने फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्दैछन ।