२१ कार्तिक २०८३, शनिबार

शीर्ष नेता संविधान निर्माणमा केन्द्रीय भएका बेला सभासदहरुको छुट्टै माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansadकाठमाडौँ, २० भदौ । व्यवस्थापिका-संसद्को आजको शून्य समयमा बोल्ने १३ जना सांसदले राष्ट्रले झेल्नुपरेका ठूला समस्यालाई खोतल्नुभन्दा आफ्नो निर्वाचन क्षेत्रका विकास–निर्माण मुद्दाहरुमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शीर्ष नेता संविधान निर्माणमा केन्द्रीय भएका बेला अधिकांश सांसदले इलाका प्रहरी कार्यालय, गाउँमा प्रहरी चौकी स्थापना, मगन्ते वृद्धवृद्धालाई उचित आश्रय र स्याहारको प्रबन्ध, राष्ट्रिय निकुञ्जका कारण स्थानीय जनताले बेहोर्नु परेको सास्ती, अस्थायी शिक्षकका समस्या, भ्रष्टाचार नियन्त्रण, पुलपुलेसा र सडक निर्माणबारे ध्यानाकर्षण गर्नुभयो ।

केही सांसदले भने सीमाङ्कनप्रति असहमति जनाउँदै तराईका विभिन्न भाग र पहाडी भेगमा समेत भड्किएको आन्दोलन साम्य पार्न वार्ता र संवादमा आउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । उहाँहरूले देशले भोग्नुपरेका राजनीतिक समस्या राजनीतिक रुपमै हल गर्नुपर्ने भएकाले सरकारको आह्वानअनुरुप वार्तामा तत्काल आउन आन्दोलनरत समूहलाई अनुरोध गर्नुभयो ।

शून्य समयमा नेपाली काँग्रेसका रामकृष्ण यादव, रामचन्द्र पोखरेल, रामहरि खतिवडा, बुद्धिराम भण्डारी, नेकपा (एमाले)का राधाकृष्ण कँडेल, रामअवतार पासवान, रीता शाही, रामचन्द्र साह तेली, विदुरप्रसाद सापकोटा र वैजनाथ चौधरी थारू तथा एनेकपा (माओवादी)का रामनारायण विडारी, ललिताकुमारी रेग्मी र वेदमाया भण्डारी (शाक्य)ले सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । रासस