२१ कार्तिक २०८३, शनिबार

माग पूरा भएसँगै डा. गोविन्द केसीले अनशन तोडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-govinda-kcकाठमाडौं, २० भदौ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै आएका डाक्टर गोविन्द केसीले आइतबार अनशन तोड्नुभएको छ ।

सरकारले माग पूरा गरेपछि डा. केसीले १४ दिनपछि आइतबार दिउँसो टिचिङ अस्पतालमा दुई विरामीको हातबाट जुस पिउँदै अनशन ताड्नुभएको हो ।

डा. केसी भदौ ७ गतेदेखि चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसनमा बस्नुभएको थियो । शनिबार मध्यराति सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसीले अनशन तोड्नुभएको हो ।

उहाँलाई टिचिङ अस्पतालको गणेशमान भवन अगाडी चौरमा १८ महिनाकी बालिका सुभानी उप्रेती र रोल्पाका एक बिरामीले जुस खुवाएका थिए ।

डा. केसीको अनशन तोड्ने कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।