५ कार्तिक २०८३, बिहिबार

प्रचण्ड-बाबुरामलाई एमाओवादीका सभासदले यसरी थर्काए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-and-baburamकाठमाडौ । प्रमुख तीन दलबीच संविधान विधयेक संसोधनका विषयमा भएको सहमतिलाई लिएर एमाओवादीभित्र चर्को विवाद देखिएको छ ।

तीन दलबीच सात प्रदेश कायम राख्दै संयुक्त संसोधन प्रस्ताव दर्ता गर्ने सहमति जुटे लगत्तै बसेको संसदीय दलको बैठकमा नेताहरुबीच विवाद देखिएको हो ।

विवादकैबीच पोलिटब्यूरो सदस्य तथा सभासद् प्रभु साह जारी संविधान निर्माण प्रक्रियाबाटै बाहिरिने चेतावनी दिई दलको बैठक छोडेर हिडेका छन् ।

उपाध्यक्ष नारायणकाजी र श्रेष्ठ र संसदीय दलका उपनेतासमेत रहेका सचिव टोपबहादुर रायमाझीबीच पनि चर्को विवाद भएको छ । अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्टराईले दलबहरुबीचमा भएको सहमतिबाट आत्मसन्तुष्टी लिन सक्नुपर्ने बताएपछि बैठकमा केही सभासद्ले आक्रोश पोखेका थिए ।

प्रचण्डले तीन दलबीच भएको शनिबारको सहमतिको ब्रिफिङ गर्दा आत्मसन्तुष्टी मिलेको बताएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।