१० कार्तिक २०८३, मंगलबार

सुनसान कैलालीः धनगढीका विद्यालय खुले, टीकापुरका बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-school– दीपक ओली
धनगढी, २० भदौ । एक महिनादेखि बन्द रहेका कैलाली सदरमुकाम धनगढी र आसपास क्षेत्रका बिद्यालय आइतबारदेखि खुलेका छन् ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय, सर्वदलीय बैठकमा शैक्षिक संस्था खोल्ने सहमति भएपछि यस क्षेत्रका विद्यालय खुलेका हुन् ।

जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले धनगढीका विद्यालय खुलेपनि टीकापुर र आसपास क्षेत्रका विद्यालय भने तत्काल सञ्चालनमा आउने वातावरण नभएको बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले कर्फ्र्यूको समयावधी घटाउँदै लगेपछि धनगढी र टीकापुर क्षेत्रको जनजीवन सामान्य हुन थालेको छ । प्रशासन कार्यालयले सदरमुकाम धनगढीमा आज आइतबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म कर्फ्र्यू आदेश जारी गरेको छ ।

यस्तै दंगाग्रस्त क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा जारी कर्फ्र्यू खुकुलो पार्दै आज बिहान ७ बजेदेखि ११ बजेसम्म ४ घण्टाका लागि हटाएको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताए ।

कर्फ्र्यू हटेपछि बजार, पसल खुलेका थिए । किनमेल गर्नेको घुइँचो लागेको थियो भने छोटो सवारीका साधन सञ्चालनमा आएका थिए ।