१० कार्तिक २०८३, मंगलबार

एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा तथा औषधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २० भदौ । श्रमजीवी महिला तथा बालकल्याण परिषद्, भ्याली हेल्थ सेन्टरले आजदेखि आगामी एक वर्षसम्मका लागि महिला तथा बालबालिकालाई निःशल्क स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ ।

बीस वर्षदेखि महिला तथा बालबालिकाका लागि काम गर्दै आएको परिषद्का अध्यक्ष रञ्जु नापितले महँगो अस्पतालमा गएर उपचार गराउन नसक्ने महिला तथा बालबालिकालाई स्वास्थ्य सेवा दिन सञ्चालित सेन्टरले अब एक वर्षसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको बताउनुभयो ।

ब्याँसीमा सञ्चालित सेन्टरमा महिलाको सामान्य चिकित्सा, स्त्रीरोग तथा प्रसूति सेवा, बालरोग सेवा, गर्भवती जाँच सेवा, खोप सेवा, परिवार नियोजनसम्बन्धी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा, एक्सरे सेवा दिने भएको हो ।

विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवासँगै निःशुल्क औषधि वितरण गर्नाका साथै स्वास्थ्यसम्बन्धी परामर्श दिइने र एक वर्षमा जिल्लाका ३० ठाउँमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिने अध्यक्ष नापितले जानकारी दिनुभयो । रासस