हाम्रो संयुक्त आनदोलन होइन । हाम्रा माग अलग छन् । मधेशीहरूसँग सहकार्य छैन । आन्दोलनका क्रममा उहाँहरूको नैतिक समर्थन छ । अरुको पनि छ । समर्थन लिनेदिने हुन्छ । हाम्रो शान्तिपूर्ण आन्दोलनलाई जसले पनि समर्थन र साथ दिनसक्छ । हाम्रो पनि नैतिक समर्थन उहाँहरूलाई पनि छ । म थारु समुदायको अधिकारका लागि प्राण रहेसम्म आन्दोलनमा रहनेछु । म कसैको आरोप र आक्षेपबाट विचलित छैन । सबैले बुझे हुन्छ । आन्दोलनका बेला अनेकथरी आक्षेप र आक्रमण हुन्छ भन्ने बुझेरै म थारु आन्दोलनको नेतृत्व गरेको हुँ । अधिकार र पहिचानको थारु आन्दोलन कमजोर पार्ने खेल कसैबाट हुनु हुँदैन ।













प्रतिक्रिया